scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

शिवम् सिमेन्टद्वारा खाद्यान्न र आइसोलेसन बेड सहयोग

काठमाडौं, २३ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीबाट प्रभावितलाई शिवम् सिमेन्टले सहायता हस्तान्तरण गरेको छ । शिवम् सिमेन्ट्सले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको हो ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुरस्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको जनाएको छ । यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेसन बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराईएको छ ।

Dish_Home

केही दिनदेखि देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लकडाउन मात्र एक उपाय भएकोले यो अझ लम्बिन सक्ने सम्भावना देखिएको छ ।

यस लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोड्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनी खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय