scheduleशुक्रवार आश्विन १ गते, २०७८

महाकाली तरेर आएका युवक पक्राउ गर्ने प्रहरी पनि क्वारेन्टाइनमा


कञ्चनपुर, २३ चैत । सरकारले नेपाल प्रवेशमा रोक लगाएको बेला महाकाली नदी तरेर आएका युवक पक्राउ गर्ने १४ प्रहरीको स्वाब परीक्षण गरिने भएको छ । भारतबाट आएका युवामा कोरोना संक्रमण भेटिएपछि उनको संक्रमणमा आएका १७ जनाको स्वाब पनि संकलन गरिएको छ ।

महाकाली अस्पतालले आइतबार १४ जना सुरक्षाकर्मीसहित अन्यको स्वाब संकलन गरेको अस्पतालले जनाएको छ । महाकाली नदीमा ट्युब तरेर नेपाल आएका ती युवासहित ११ जनालाई भीमदत्त नगरपालिका-९ खल्लाबाट पक्राउ गरिएको थियो । कञ्चनपुरको बेदकोट घर भएका उनीहरु भारतको उत्तराखण्डमा पर्ने लुहाघाटबाट नेपाल आएका थिए । मुख्य नाकामा लकडाउनका कारण बन्द गरिएपछि उनीहरु महाकाली नदीबाट ट्युब तरेका आएका थिए ।

सशस्त्रले पक्राउ गरेपछि उनीहरुलाई बेदकोटकै सुन्दरपुरमा क्वारेन्टाइनमा राखिएको थियो । ती युवाहरुलाई नियन्त्रणमा लिने सुरक्षाकर्मीको टोली र उनीहरुलाई बोक्ने सवारी चालक, सहचालक र मालिकको स्वाब संकलन गरिएको महाकाली अस्पतालले जानकारी दिएको छ ।

प्रहरीमा कुनै लक्षण नदिए पनि संक्रमितसँगको सम्पर्ककै कारण स्वाब संकलन गरिएको र क्वारेन्टाइनमा राखिएको बताइएकव छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय