scheduleसोमवार जेष्ठ १२ गते, २०७७

चीनमा कसरी रोकियो कोरोना संक्रमण ? अब २९५ जना मात्रै विशेष उपचारमा

एजेन्सी, २३ चैत । कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उद्गमस्थल चीनमा ९४ प्रतिशत भन्दा धेरै विरामी निको भएर घर फर्किएका छन् । संक्रमित ८१ हजार ६६९ जनामध्ये ७६ हजार ९६४ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा ३० जना बिरामी मात्रै थपिएका छन् । अस्पतालमा उपचाररत १३ सय ७६ जना बिरामीमध्ये २९५ जनाको मात्रै अवस्था गम्भिर छ । उनीहरुको विशेष उपचार भैरहेको चीनीयाँ संचारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मृतक ३ जना थपिएसँगै चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २९ पुगेको छ । संक्रमितको संख्या चीनमा भन्दा अरु ५ देशमा धेरै छ ।

Dish_Home

सबैभन्दा धेरै अमेरिकामा ३ लाख ११ हजार, स्पेनमा १ लाख ३० हजार, इटलीमा १ लाख २४ हजार, जर्मनीमा ९७ हजार र फ्रान्समा ९० हजार संक्रमित रहेका छन् ।

यस्तै विभिन्न ६ देशमा मृतको संख्या चीनमा भन्दा धेरै छ । सबैभन्दा धेरै ईटलीमा १५ हजार ३ सय, स्पेनमा १२ हजार ४ सय, अमेरिकामा ८ हजार ४ सय, फ्रान्समा ७ हजार ५ सय, बेलायतमा ४ हजार ९ सय र ईरानमा ३ हजार ६ सय भन्दा धेरैको मृत्यू भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय