scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोनाको संक्रमण रोक्न ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

काठमाडौं, २३ चैत । सरकारले कोरोना भाईरस (काेभिड-१९) को संक्रमण फैलन नदिन देशभर स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । आईतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

परिचालन गरिने स्वयंसेविकाको पारिश्रमिक र बीमाको पनि व्यवस्था गरिएको बैठकको निर्णयबारे जानकारी गाउदै समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

उनिहरु सबैको बिमा र अतिरिक्त भत्ता पनि पाउने सचिव बिडारीको भनाई छ । यस्तै सरकारले अत्यावश्यक औषधी र मेडिकल उपकरण जि टु जी मार्फत र निजि क्षेत्र मार्फत किन्ने निर्णय गरेको छ ।

Dish_Home

यस्तै बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाको पनि स्वाब परिक्षण गर्ने र कोरोनाको कुनै संकेत नदेखिएमा मात्र घर पठाउने निर्णय गरेको प्रधानमन्त्री कार्यलयका सचिब बिडारीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय