scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोनाको संक्रमणले अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु

अमेरिका, २३ चैत । कोरोना भाईरसको संक्रमणका कारण अमेरिकाको न्युयोर्कमा एकैदिन ४ जना नेपालीको मृत्यु भएको छ । यसअघि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार ज्यान गुमाउने नेपालीमा ४० वर्षका सोनाम लामा, ४८ वर्षका थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । उनीहरु

सबै न्युयोर्कमा बस्दै आएका थिए । मृतकका परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताएका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय