scheduleआइतवार जेष्ठ १८ गते, २०७७

अमेरिकामा भयावह स्थिति, यस्तो छ पछिल्लो रिपोर्ट

काठमाडौँ, २४ चैत । अमेरिकामा कोरोना भाइरसका कारण आइतबार एक हजार १६५ जना भन्दा बढीको ज्यान गएको छ । हालसम्म भाइरसका कारण अमेरिकामा ९ हजार ६१६ जनाको मृत्यु भएको छ । त्यस्तै २५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै संक्रमितको संख्या ३ लाख ३६ हजारभन्दा बढी पुगेको छ । पछिल्ला केही दिनहरुमा अमेरिमामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । अमेरिकामा दैनिक यही गतिको मृत्युदर हुने हो भने अर्को भयावह संकट आउने अधिकारीहरुको दाबी रहेको छ ।

Dish_Home

अमेरिकाका अधिकारीहरुले आउने दुई हप्तामा धेरै मानिसहरुको ज्यान जाने बताएका छन् । उनीहरुले आउने दुई हप्ता अमेरिकाका लागि निकै कठिन हुने बताएका छन् । पछिल्ला केही दिनहरु यता अमेरिकामा कोरोना भाइरसका कारण दैनिक हजारौँ मानिसहरुले ज्यान गुमाएका छन् ।

कोरोना भाईरसको संक्रमणका कारण अमेरिकाको न्युयोर्कमा एकैदिन ४ जना नेपालीको मृत्यु भएको थियाे । यसअघि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ ।

शनिबार ज्यान गुमाउने नेपालीमा ४० वर्षका सोनाम लामा, ४८ वर्षका थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय