scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भारतमा कोरोना भाइरसः आइतबारमात्रै १८ जनाको मृत्यु

काठमाडौँ, २४ चैत । भारतमा कोरोना भाइरसबाट आइतबारमात्रै १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसका कारण मृत्यु हुनेको संख्या ११७ पुगेको छ । संक्रमित हुनेको संख्या झण्डै ४ हजार ३०० पुगेको छ । आइतबारमात्रै झण्डै ७०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको घटना हो । पछिल्लो समय भारतमा नयाँ संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।

Dish_Home

संक्रमितहरुको संख्या दिनहुँ एकपछि अर्को नयाँ रेकर्ड बनाउन थालेपछि भारत सरकारले थप उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि दक्षिण एसियाली देशहरुले विशेष सतर्कता अपनाउनु पर्ने बताउँदै आइरहेको छ । यही तवरले भाइरस फैलिएमा देशले ठुलो संकटको सामना गर्नुपर्ने अधिकारीहरुको अनुमान रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय