scheduleसोमवार जेष्ठ १२ गते, २०७७

च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल अगष्टमा !

काठमाडौँ, २४ चैत । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले च्याम्पियन्स लिग र युरोपाको फाइनल खेलबारे निर्णय गरेका छन् । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । यसले गर्दा युरोपका अधिकांश खेलहरु स्थगित रहेका छन् । यसको ठुलो असर युरोपा लिग र च्याम्पियन्स लिगमा परेको छ । सेफरिनका अनुसार अब च्याम्पियन्स लिगको फाइनल खेल अगष्टमा हुनेछ ।

एक टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा उनले च्याम्पियन्स लिग र युरोपाको फाइनल अगष्टमा हुने बताएका हुन् ।

Dish_Home

उनले च्याम्पियन्स लिग र युरोपा लिग दुवैको फाइनल खेल अगष्ट ३ मा गर्न सकिने बताएका छन् ।

अन्तिम १६ का खेलहरु कहिलेबाट सुरु हुने त्योबारे भने अझै टुंगो लागेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय