scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोना भाइरसविरुद्ध लड्न युवराज सिंह गरे ५० लाख सहयोग

काठमाडौँ, २४ चैत । पछिल्लो समय भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । भारत २१ दिनका लागि पुर्ण रुपमा लकडाउन रहेको छ । यस महासंकटमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैसँग सहयोगको अपिल गरेका थिए । उक्त आग्रहलाई पूर्व भारतीय स्टार क्रिकेटर युवराज सिंहले सम्मान गर्दै कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् ।

प्रधानमन्त्री कोषमा उनले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

Dish_Home

भारतमा कोरोना भाइरसबाट आइतबारमात्रै १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसका कारण मृत्यु हुनेको संख्या ११७ पुगेको छ । संक्रमित हुनेको संख्या झण्डै ४ हजार ३०० पुगेको छ । आइतबारमात्रै झण्डै ७०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय