scheduleसोमवार जेष्ठ १२ गते, २०७७

लकडाउनका बखत वाल्करले घरमा पार्टी गरेपछि…

काठमाडौँ, २४ चैत । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी केली वाल्करलाई कारबाही हुने भएको छ । लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको रहस्य बाहिर आएसँगै उनलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार उनले गत साता आफ्नो घरमा पार्टी आयोजना गरेका थिए । उक्त पार्टीमा दुई जना सेक्स वर्कर समेत रहेको बताइएको छ ।

Dish_Home

उनले आफ्नो घरमा पार्टी आयोजना गरेको स्वीकार गरेका छन् । म्यानचेस्टर सिटीले एक विज्ञप्ति निकाल्दै उनले गल्ती गरेको र नियमको पालना नगरेको जनाएको छ । वाल्करले आफुबाट गल्ती भएको स्वीकार गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय