scheduleसोमवार जेष्ठ १२ गते, २०७७

नेयमार र एमबाप्पेले पिएसजी एकसाथ छोड्लान् त !

काठमाडौँ, २४ चैत । पिएसजीका दुई स्टार खेलाडी नेयमार र काइलियन एमबाप्पेले क्लब छोड्ने हल्ला व्यापक चलिरहँदा पिएसजीले भने उनीहरु क्लबमा नै रहने प्रतिक्रिया दिएको छ । नेयरमा बार्सिलोना फर्किने सम्भावना बलियो रहेको बताइएको छ ।

बार्सिलोनाले उनलाई फर्काउन हरसम्भव प्रयास गरिराखेको बताइएको छ । त्यस्तै एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्न चाहेको छ ।

Dish_Home

उनलाई अनुबन्ध गर्न सके रियलले उपाधि प्रतिस्पर्धामा बार्सिलोनालाई पछि पार्ने सम्भावना बलियो रहेको समिक्षकहरुले बताएका छन् । त्यस्तै रियलले आउने सिजन उनलाई अनुबन्ध गर्न तयारी गरिरहेको बताइएको छ ।

प्रशिक्षक जिनेदिन जिदानले समेत उनलाई अनुबन्ध गर्न रियललाई दबाब दिइरहेको बताइएको छ ।

आफ्ना दुई स्टार खेलाडीले क्लब छोड्ने खबर बाहिर आएसँगै पिएसजीले उनीहरुलाई क्लबमा नै रोक्न विशेष प्याकेज दिनसक्ने बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय