scheduleआइतवार जेष्ठ ११ गते, २०७७

बाघ पनि कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ, २४ चैत । कुकुर, बिरालो पछि बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अमेरिकाको एक चिडिया खानामा रहेकी एक चार वर्षकी बघिनी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ। न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) रहेकी ती बघिनी कोरोना भाइरसबाट संक्रमित भएकी हुन् ।

आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले गरेको एक परीक्षणपछि ती बघिनीमा कोराना संक्रमण भएको पुष्टि भएको हो ।

Dish_Home

ती बघिनीलाई केही दिनदेखि सुख्या खोकी लागेको र परीक्षण गर्दा कोरोना भाइरसबाट संक्रमित भएको बताइएको छ ।
त्यस्तै चिडिया खानामा रहेका अन्य दुई बाघ र नाडियाकी बहिनी अजुलमा पनि कोरोना देखिएको बताइएको छ । तीनवटा अफ्रिकन सिंहमा पनि कोरोना भाइरसको लक्षण देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय