scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोना जोखिम नियन्त्रण र राहतमा चन्द्रागिरिको एक करोड ५० लाख खर्च

काठमाडाैं, २४ चैत । चन्द्रागिरि नगरपालिकाले कोरोना भाइरस, (कोभिड–१९)को सम्भावित जोखिम नियन्त्रण तथा लकडाउनपछि नगरवासीको राहतमा एक करोड ५० लाख खर्च गरेको छ ।
नगरप्रमुख  घनश्याम गिरिले केरोना भाइरसको उपचारमा सम्लग्न हुने स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) खरिदमा  ३२ लाख र नगरपालिकाभित्र गरीव तथा विपन्न वर्गलाई राहतका लागि एक करोड १५ लाख खर्च भएको जानकारी दिए । नगरपालिकाले चालू आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा  ७५ लाख रकम विनियोजन गरेको थियो ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न लागेको जानकारी दिए । ‘आ–आफ्नो ढङ्गबाट राहत वितरण गर्दा कतिपय गरीब मजदूरहरु राहत पाउनबाट छुटेपछि नगरपालिकाले एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्न लागेको हो,’–उनले भने। नगरपालिकाले तयार गरेको मापदण्डमा तीन जनाको परिवारसम्मलाई दश केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन रहेको छ ।

राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफुले गर्दै आएको काम, घरधनीको नाम र घरधनीको सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।
यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ केजी मन्सुली चामल, एक केजी मुसुरो दाल, एक केजी नुन, दुई केजी चिउरा, एक केजी चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

Dish_Home

सो भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले चैत ११ गते विहानदेखि २५ गतेसम्म ‘लकडाउन’ गरेपछि विशेष गरी दैनिक मजदूरी गरेर गुजारा गर्दै आएका विपन्न परिवारलाई समस्या भएको जनाइएको छ ।

नगरपालिकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घ संस्थालाई नगरपालिकाको नेपाल बैँक लिमिटेड थानकोट शाखामा रहेको विपद् व्यवस्थापन कोषको खाता नं १४३००१०६२९३६६५०००००१ मा जम्मा गर्नसमेत अनुरोध गरेको छ । उक्त खातामा हाल १४ लाख रहेको समेत नगरपालिकाले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय