scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नरमा नियुक्त


काठमाडौं, २४ चैत । सरकारले राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत अधिकारीलाई अन्य दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै गमर्नर बन्न सफल भएका हुन् ।

Dish_Home

अर्थमन्त्री डा युवराज खतिवडा, पूर्व गभर्नर विजयनाथ भटराई र पूर्वसचिव कृष्णहरी बाँस्कोटासहितको तीन सदस्यीय टोलीले तीन जनाको नाम सिफारिस गरेको थियो । उनीहरुको सिफारिसको आधामार मन्त्रिपरिषद बैठकले अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय