scheduleआइतवार जेष्ठ ११ गते, २०७७

मन्त्रिपरिषद् बैठक: लकडाउन वैशाख ३ सम्म लम्ब्याउने निर्णय


काठमाडौं, २४ चैत । मन्त्रिपरिषद् बैठकले लकडाउन थप ८ दिन लम्ब्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता अर्थात् चैत २५ गते मंगलबारसम्मका लागि लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो ।

अहिलेसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । सरकारले सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय