scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

गभर्नरमा महाप्रसाद, मीनप्रसादलाई ‘माछो माछो भ्यागूतो’!


काठमाडौं, २४ चैत । मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नर बनाएको छ । तर, यो निर्णय सजिलै भने भएको होइन ।

दुई पार्टी एक भएर बनेको नेकपाभित्र अहिले पनि पूर्वमाओवादी र पूर्वएमाले पक्षबीच भागबण्डाको राजनीति जारी छ । अधिकारी नेपाल सरकारले राष्ट्र बैंककै पूर्वनिर्देशक हुन् ।

उनलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले लामै गृहकार्य गर्नुपरेको छ । यसअघि गभर्नर हुनेको लाइनमा पूर्वअर्थसचिव राजन खनालको नाम पनि थियो । सिफारिस समितिले आइतबार उनको नाम हटाएर राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनप्रसाद श्रेष्ठको नाम थप्यो ।

Dish_Home

श्रेष्ठ पूर्वमाओवादी निकट उम्मेदवार हुन् । यसबारे प्रचण्डले शुक्रबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन सम्पर्कमा पनि सचेत गराएका थिए ।

अधिकारी गभर्नर बनेपछि रिक्त लगानी बोर्डको अध्यक्षमा पार्टीभित्रको सन्तुलन मिलाउन मीनप्रसादलाई लैजानुपर्ने माग प्रचण्डको छ । यसो गर्दा खनाललाई लगानी बोर्डमा लैजाने ओली पक्षको चाहना भने अपूरै रहन सक्ने सम्भावना बढेको छ । यद्यपि, पार्टीभित्र अन्तर्संघर्ष बढ्दै गएको अवस्थामा ओली पक्षले खनाललाई नै काखी च्यापेर श्रेष्ठलाई माछा माछा भ्गागूतो बनाउनसक्ने सम्भवना पनि रहेको बालुवाटार स्रोतले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय