scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

संक्रमित युवकसँग सम्पर्कमा आएका दुईजनाको रिपोर्ट आयो

धनगढी, २४ चैत ।  धनगढीका कोरोना भाइरस संक्रमित युवकसँग सम्पर्कमा आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ, अर्थात् उनिहरुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

दुईमध्ये एकले ती युवकलाई मोटरसाइकलमा सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए भने एकजना उनका मामाका छोरा हुन् । यसअघि परिवारका सातजना सदस्यको रिपोर्ट पनि नेगेटिभ आएको थियो  अर्थात् कोरोना संक्रमण नभएको पाईएको थियो ।

Dish_Home

युवकका भाउजूको रिपोर्ट भने पोजिटिभ आएको छ, अर्थात् कोरोना संक्रमण भएको पाईएको छ । ती युवक दुबईबाट काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय