scheduleआइतवार जेष्ठ १८ गते, २०७७

मृत्यूका शिलशिलाहरु

– श्रीभक्त पौडेल ‘आफन्त’

साँझ ८ बजे
थपडी, सिट्टी र पटकाको आवाजसङ्गै
दिवा तन्द्राहरु ब्युझिँन थाल्छन्
सुनेको हुन्छु
शहर लकडाउनमा तङ्रिन खोज्दैछ
मृत्‍युले थिचिएको शहर हिजोआज
सुनसान गल्लीहरु
एम्बुलेन्सका साइरनले सडकहरु
सुस्ताउन पाएका छैनन् ।
आकाश खुलेको छ
सागर शान्त छ
पहाडहरु शरदका रङ्गहरु पखाल्दै छन् ।
यो त्यही शहर हो
जहाँका हस्पिटलहरु
मृत्‍युका तथ्यांक निकाल्न ब्यस्त छन् ।

यति लेख्दासम्म मेरा औंलाहरु कामिरहेका छन्
म एस्तो शहरमा छु
कि जहाँँ मृत्‍यु मृत्‍यु हैनन्
महोत्सव हो ।

रोकिएकै छैनन्
मृत्‍युका शिलशिलाहरु
बन्द कोठामा क्यान्डल बालेर
भगवान सम्झनु बाहेक केही गर्न सक्दिन म ।
हरेक न्युज पोर्टलहरु हानथाप गरिरहेका छन्
कसले छिटो मृत्‍युको तथ्यांक प्रेसित गर्न भनी
कल्पनासम्म गर्न सक्दिनँ म
कि कस्तो होलान् ति लासका पहाडहरु ?

Dish_Home

जमिन पुगेका छैनन् लासहरुको लागि
विद्युतीय शवगृहमा पालो पर्खाईमा छन्
अझै हज्जारौं लासहरु ।

धन्न छन् सेता पोशाकका जीवित भगवानहरु
नमन गर्छु सबैलाई
उनै हुन् नायकहरु
लडिरहेका छन् यस मृत्‍युविरुद्ध।
सोच्छु कति कठिन भएको होला
एक मुठी प्राण जान
कति ज्याद्रो होलान् ति मृत्‍युहरु
तड्पाई तड्पाई लुछिरहेका छन्
जीवित जीवनहरु ।

आफ्नै छाती छाम्छु
घाँटी छाम्छु
निधार छाम्छु
धन्न म त जीवित नै रहेछु ।

फेरी अनलाइन न्युजपोर्टलमा आँखा पुर्‍याउँछु
मृत्‍युका ग्राफिक उकालो चढिरहेकै छ ।
अहो कस्तो मृत्‍युका शिलशिलाहरु?

म मेरा भगवान सम्झन्छु
जिसज क्राइस्ट सम्झन्छु
मुहम्मद अल्लाह सम्झन्छु
अनि सात समुन्द्रपारीका
मेरा आफन्त सम्झन्छु
फेरी सम्झन्छु म मेरो
यही शहर।

छिटोछिटो तेल सकिन लागेको दियोमा
तेल थप्छु
अर्को एक क्यान्डल बाल्छु
आँखा चिम्लिएर दुई हात जोड्छु
कि रोकियोस यी मृत्‍युका शिलशीलाहरु ।।
सान सेबास्टियन, पाइसभास्को
राज्य गिबुज्कोआ

(यो कविता लेख्दासम्म स्पेनमा कोरोना महामारीमा ज्यान गुमाउनेको सन्ख्या १३०५५ पुगेको छ)

(कवि स्पेनमा छन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय