scheduleआइतवार जेष्ठ १८ गते, २०७७

बाबुराम भट्टराईले भने-फुलटाइम प्रम जरूरी छ, चेतना भया !

काठमाडौं, २४ चैत । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संकटको यस्तो समयमा फुलटाइम प्रधानमन्त्री जरूरी रहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भारतीय सीमामा अलपत्र रहेका, बेरोजगार, विपन्न र अशक्तको व्यवस्थापन सुधार्नु पर्ने र परीक्षण बढाउनु पर्ने भएकाले फुलटाइम प्रम जरुरी भएको बताएका हुन् ।

यस्तै उनले लकडाउनलाई आगामी वैशाख ३ गतेसम्म लम्ब्याउने सरकारी निर्णयको स्वागत गरेका छन् । उनले लामो खुला सीमाना रहेको स्थितिमा लकडाउनको अवधि लम्ब्याउनु अनिवार्य भएको र सबैले पालना गर्नुपर्ने भन्दै अझै सावधानी अपनाउनुपर्ने बताएका छन् ।

Dish_Home

उनले ट्वीट गरेका छन्,

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय