scheduleआइतवार जेष्ठ ११ गते, २०७७

कोरोना भाइरसका कारण अमेरिकामा हालसम्म १० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, २५ चैत । अमेरिकामा कोरोना भाइरसका कारण सोमबारमात्रै एक हजार २५५ जना भन्दा बढीको ज्यान गएको छ । योसँगै कोरोना भाइरसका कारण अमेरिकामा १० हजार ८७१ जनाको मृत्यु भएको छ । त्यस्तै ३० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

योसँगै संक्रमितको संख्या ३ लाख ६६ हजारभन्दा बढी पुगेको छ । त्यस्तै हालसम्म १० हजारभन्दा बढी निको भएरु घर फर्किएका छन् । पछिल्ला केही दिनहरुमा अमेरेकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । अमेरिकामा दैनिक यही गतिको मृत्युदर हुने हो भने अर्को भयावह संकट आउने अधिकारीहरुको दाबी रहेको छ ।

Dish_Home

समयमा नै व्यापकरुपमा परीक्षण गरेर संक्रमितलाई निश्चित क्षेत्रभित्र राखिएको थियो भने लकडाउनको उपाय लागू गर्नु पर्ने थिएन ।

लकडाउनको कारण अमेरिकी अर्थव्यवस्था कमजोर बन्दै गइरहेको छ र अहिले लाखौं मानिसहरु बेरोजगार भएका छन् ।

अमेरिकाको जर्ज वासिङ्टन विश्वविद्यालयमा स्वास्थ नीति तथा प्रबन्धका प्राध्यापक जेफरी लेवी अमेरिकी सरकार आवश्यक सामग्रीहरुको आपूर्ति सुनिश्चित गर्नमा पूरै विफल भएको बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय