scheduleआइतवार जेष्ठ ११ गते, २०७७

भारतमा कोरोना भाइरस: यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २५ चैत । भारतमा कोरोना भाइरसबाट सोमबारमात्रै १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसका कारण मृत्यु हुनेको संख्या १३६ पुगेको छ । संक्रमित हुनेको संख्या झण्डै ४ हजार ७७८ पुगेको छ । सोमबारमात्रै झण्डै ५०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ३७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय भारतमा नयाँ संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।

Dish_Home

संक्रमितहरुको संख्या दिनहुँ एकपछि अर्को नयाँ रेकर्ड बनाउन थालेपछि भारत सरकारले थप उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विज्ञहरुले भारतलाई लगातार ४९ दिन लकडाउन गर्न सुझाव दिएका छन् । २१ दिनपछि लकडाउन खुकुलो पारिएमा झन् भयावह स्थिति आउने उनीहरुको अनुमान रहेको छ । मिडिया रिपोर्टका अनुसार भारतले मे महिनासम्मका लागि लकडाउन नीति अबलम्बन गर्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय