scheduleआइतवार आषाढ़ २८ गते, २०७७

कोरोना भाइरसबाट संक्रमित युकेका प्रधानमन्त्री बोरिस आइसियुमा भर्ना

काठमाडौँ, २५ चैत । कोरोना भाइरसबाट संक्रमित युकेका प्रधानमन्त्री बोरिस जोनसोनलाई आइसियुमा भर्ना गरिएको छ । स्वास्थ्यमा सुधार नआएपछि उनी आइतबार बेलुका रुटिंग चेकअपका लागि अस्पताल भर्ना भएको बताइएको थियो ।

५५ वर्षिय प्रधानमन्त्री लण्डनमा रहेको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य झन् बिग्रिएपछि उनलाई आइसियुमा भर्ना गरिएको उनको अफिसले जानकारी दिएको छ । उनलाई आइसियुमा भर्ना गरेपछि पुरै युके आश्चर्यचकित परेको बताइएको छ । उनका दलका राजनीतिज्ञहरु तथा प्रतिपक्ष दलले समेत उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

डाउनिंग स्ट्रिट प्रवक्ताका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अचानक बिग्रिन पुगेको र मेडिकल टिमको सुझावमै उनलाई आइसियुमा भर्ना गरिएको हो ।

उनी होसमा नै रहेको र उनलाई भेन्टिलेसनको आवश्यकता पर्नसक्ने भन्दै आइसियुमा भर्ना गरिएको प्रवक्ताले बताएका छन् ।
हालसम्म युकेमा कोरोना भाइरसका कारण ५ हजार ३०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ । त्यस्तै संक्रमितको संख्या ५१ हजार नाघेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय