scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोना भाइरस कारण म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलाकी आमाको निधन

काठमाडौँ, २५ चैत । कोरोना भाइरसबाट संक्रमित म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको निधन भएको छ । ८२ वर्षकी ग्वार्डिओलाकी आमाको उपचारका क्रममा मृत्यु भएको हो । उनकी आमा डोलर्स सला कारियो कोरोनाको संक्रमणबाट निधन भएको जानकारी म्यानचेस्टर सिटी क्लबले दिएको हो ।

उनी केही दिनदेखि बिरामी परेपछि उपचारका क्रममा उनको निधन भएको हो ।

Dish_Home

क्लब परिवार पेपको आमाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । यो दुःखद समयमा क्लब उनीप्रति शोक व्यक्त गर्न चाहन्छ ।

केही दिन अगाडि दिलदार स्वभाव भएका ग्वार्डिओलाले कोरोनाविरुद्ध लड्न करिब ९ लाख २० हजार पाउण्ड सहयोग गरेका थिए । स्पेनमा कोरोना भाइरसका कारण हालसम्म १३३४१ जनाको मृत्यु भइसकेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय