scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

प्रिमियर लिगको उपाधि टुलुटुलु हेर्दै लिभरपुल !

काठमाडौँ, २५ चैत । प्रिमियर लिगमा यस सिजन लिभरपुलले सबै प्रतिस्पर्धीलाई धेरै पछाडि पार्न सफल भएको थियो । यस सिजन २९ खेलमा ८२ अंक जोडेको लिभरपुलले प्रिमियर लिगको उपाधि जित्न दुई खेलमात्र जिते हुने अवस्था रहेको थियो ।

तर, कोरोना भाइरसका कारण यस सिजनको प्रिमियर लिग हुने नहुने अन्यौल अझै रहेको छ । २५ अंकको अग्रता बनाएको लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जित्नै लाग्दा कोरोनाको महाप्रकोपले खेलहरु सबै स्थगित भएका छन् ।

Dish_Home

प्रिमियर लिग उपाधि दौडमा लिभरपुललाई अभागि टोलीका रुपमा हेरिँदै आइरहेको छ ।

सन् २०१४ मा लिभरपुलले लगभग उपाधि जित्ने तयारीमा रहेको थियो ।

तर, चेल्सीविरुद्धको खेलमा स्टेभेन जेरार्ड चिप्लिन पुगे र चेल्सीले गोल गर्न सफल भएको थियो । उक्त खेलका कारण लिभरपुल म्यानसिटीसँग उपाधि दौडमा पछि परेको थियो ।

यस सिजन पनि लिभरपुलले उपाधि जित्ने हो वा महाप्रकोपका कारण यस सिजनको खेल नै स्थगित हुने हो त्यसको टुंगो लाग्न सकेको छैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय