scheduleसोमवार जेष्ठ १२ गते, २०७७

पोग्वालाई बेच्नै पर्ने दबाबमा म्यानचेस्टर युनाइटेड !

काठमाडौँ, २५ चैत । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोउल पोग्वाको क्लबसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । आउने समरमा उनलाई बेच्न क्लब हरसम्भव प्रयास गरिराखेको छ । उनले क्लबसँग नयाँ सम्झौता नगर्ने बताइसकेका छन् ।

उनी युभेन्ट्स फर्कने हल्ला पनि उत्तिकै रहेको छ । मिडिया रिपोर्टका अनुसार उनले रियल मड्रिड जाने योजना समेत बनाएका छन् । रियलका प्रशिक्षक जिनेदिन जिदान र उनको राम्रो सम्बन्ध रहेको छ ।

Dish_Home

यसअघि पनि उनीहरुबीच धेरैपटक भेटघाट भएको पनि खबर बाहिर आएको थियो । जिदानले पनि आफ्नो मिडफिल्ड क्षेत्रलाई बलियो बनाउन उनी भरपर्दो खेलाडी भएको बताउँदै आइरहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय