scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

काठमाडौँ, २५ चैत । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

सो गाउँपालिकामा चैत १ गतेयता नौ जना विदेशबाट फर्केकाहरु सम्पर्कमा आएका थिए ।

Dish_Home

सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको हो । विदेशबाट फर्केकाको सम्पर्कमा पुगेका चार जना आफन्तलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

जिल्लामा सोमबार साँझसम्म ११ जना महिला र ४३ जना पुरुष गरी ५४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको हो । हालसम्म नौ जना कोरोना भाइरसको लक्षणसँग मिल्ने विरामीहरुको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा सबैको नतिजा नेगेटिभ आएको जिल्ला अस्पतालले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय