scheduleशनिवार आश्विन १० गते, २०७७

राजमौलीले गरे अजयको तारिफ

काठमाडौँ, २५ चैत । बलिउडका चर्चित अभिनेता अजय देवगनबारे दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एसएस राजमौलीले तारिफ गरेका छन् । अजयलाई लिएर राजमौलीले आरआरआर फिल्ममा काम गरिरहेका छन् ।

नौ वर्ष अगाडि राजमौलीले मख्खी फिल्मका लागि काजोल र अजयको सहयोग लिएका थिए । उनीहरुले इगा (मख्खी) फिल्मको हिन्दी भर्जनका लागि आवाज दिएका थिए ।

उक्त फिल्मपछि राजमौली र अजयको मित्रता गाँसिएको थियो । अजयलाई लिएर राजमौली फिल्म निर्माण गर्न चाहन्थे । लामो समयपछि भने त्यो मौका जुटेको छ । आरआरआर फिल्मका लागि उनले अजयलाई प्रस्ताव राखे ।

अजयले पनि निकै सम्मानपुर्वक काम गर्ने वचन दिए । बाहुबली फिल्मपछि दक्षिण भारतीय फिल्ममा मात्र नभई पुरै भारतीय सिने उद्योगमा राजमौलीको आफ्नौ स्टारडम रहेको छ ।

अजयको कामप्रतिको सम्मान र उनले गर्ने व्यवहारका कारण आफु निकै प्रभावित भएको उनले बताएका छन् । आरआरआर फिल्मका लागि पनि अजय नै आवश्यक पात्र भएका कारण उनलाई अफर गरेको राजमौलीले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय