scheduleसोमवार जेष्ठ १२ गते, २०७७

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Dish_Home

काँग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छिन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन्।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय