scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सुरक्षा परिचालनका लागि बजेट निकासा गर्दै प्रदेश सरकार

पोखरा, २५  चैत ।  गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनको काममा सुरक्षा संयन्त्र परिचालनका लागि  एक करोड ४५ लाख बजेट निकासा गर्ने भएको छ ।

प्रदेश सरकारको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका सबै सुरक्षा संयन्त्र परिचालन, अनुगमन, मसलन्द र गाडी मर्मतका लागि ११ वटै जिल्ला प्रशासनलाई बजेट निकासाको निर्णय गरेको सो सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

बैठकले गण्डकीका मनाङ र मुस्ताङलाई  पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई  १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय