scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोना भाइरस : गल्फका तीन ठुला प्रतियोगिता स्थगित

काठमाडाैं,  २५ चैत । कोरोना भाईरसको महामारीका कारण गल्फका तीन ठुला प्रतियोगिता स्थगित भएको छ ।

अमेरिकामा आयोजना हुने द मास्टर्स, युएस पिजिए च्याम्पियनसिप र युएस ओपन गल्फ स्थगित गरिएको हो । अप्रिलमा हुने द मास्टर्स नोभेम्बरमा हुनेछ ।

Dish_Home

यस्तै आगामी मे महिनामा तय भएको युएस पिजिए अगष्ट र जुनमा तय भएको युएस ओपन सेप्टम्बरमा हुनेछ ।

त्यस्तै १ सय ४९ औं संस्करणको ओपन च्याम्पियनसिप गल्फ पनि रद्द गरिएको छ । जुलाईमा तय भएको प्रतियोगिता अब सन् २०२१ मा हुनेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय