scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोभिड १९ : विश्वभर ५ लाख नेपाली विद्यार्थी प्रभावित

काठमाडाैं, २५ चैत । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड–१९ का कारण झन्डै ५ लाख नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा प्रभावित भएको पाइएको छ । त्यसमध्ये पाकिस्तानमा रहेका १ सय ७६ जना विद्याथीर्ले आफूहरू रकम अभाव झेलिरहेको बताएका छन् ।

१८ दिनदेखि लकडाउन गरिएको पाकिस्तानमा रहेका नेपाली विद्यार्थी अहिले अध्ययनरत छात्रावासमै बन्द भएका छन् । पाकिस्तानको लाहोरबाट सन्तोस साह र रामपुजन बरहीले आफूहरु छात्रावासमा नै बन्दी भएको बताए । कोरोनाका कारण संक्रमित हुनेको क्रम बढ्न थालेपछि पाकिस्तानमा रहेका नेपाली चिन्तामा छन् ।

Dish_Home

तर पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्सालले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आवश्यक परेका सबै सहयोग गरिने  बताए । पाकिस्तानमा पैसा पठाउने व्यवस्था सिधै नेपालबाट नहुँदा तेस्रो मुलुकबाट पठाउनुपर्ने बाध्यताका कारण नेपाली विद्यार्थीहरु दोहोरो समस्यामा परेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय