scheduleसोमवार जेष्ठ १२ गते, २०७७

नवनियुक्त गभर्नर अधिकारीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले जिम्मेवारी सम्हालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेसँगै उनले राष्ट्र बैंक पुगेर आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

राष्ट्र बैंकको कार्यालय, बालुवाटार पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकले बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले नियुक्त गरेसँगै गभर्नरले प्रधानन्यायाधीश वा उनले तोकेका न्यायाधीशबाट सपथ लिनुपर्ने प्रावधान छ ।

Dish_Home

पाँच वर्षअघि पनि राष्ट्र बैंकको नयाँ गभर्नर पद खाली हुनै लाग्दा तत्कालीन डेपुटी गभर्नर महाप्रसाद अधिकारीसहित तीनजनाको नाम गभर्नरको लागि सिफारिस भएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय