scheduleशनिवार आश्विन १० गते, २०७७

यूएईमा एक नेपालीको मृत्युपछि कोरोना पुष्टि

यूएई, २५ चैत । यूएईको दुबईमा मृत्यु भएकी एक नेपालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

सोमबार साँझसम्म बिनुको मृत्युको कारण कोरोनाको कारण हो भनेर आधिकारिक पत्र दूतावासमा आईनसकेपछि आफन्तले पाएको पत्रमा मृत्युको कारण कोरोना उल्लेख गरिएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।

परिवारले बिनुको यूएईमा दाहसंंस्कार गर्ने तयारी गरिरहेको भए पनि मृत्युको कारण कोरोना देखिएपछि अस्पतालले शव दिएको छैन ।

४० वर्षीय बिनु यूएईमा पछिल्लो समय भिजिट भिसामार्फत एक भारतीय नागरिको घरमा घरेलु काम गर्दै आएकी थिईन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय