scheduleआइतवार जेष्ठ ११ गते, २०७७

स्वास्थ्य सामग्री जुटाउने सरकारी तयारीः प्रदेश पठाएको अधिकांश सामग्री नर्भिकको

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरे । ‘सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ,’ उनले सम्बोधनमा भने ।

सोमबार नर्भिक अस्पताल पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकालले  स्वास्थ्य सामग्री सहयोग बुझेका थिए । सोमबार नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका हुन् ।

Dish_Home

फाउन्डेसनले थ्री एम एन-९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको थियो ।

प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख गरिएको सम्बोधनमा उल्लेख गरिएको तथ्यांकमा नर्भिकले दिएको सामग्री घटाउँदा सरकारसँग रहेको ४ लाख ५० हजार मास्क, २ हजार एन-९५ मास्क र केवल ४८ स्थान फुल सेट पिपिई मात्रै रहेको देखिन्छ ।

यसबाट कोरोना संक्रमण रोक्न सरकारले गरिरहेको स्वास्थ्य सामग्रीको तयारीको अवस्था थाहा हुन्छ ।

प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा सहसचिव राजेन्द्रकुमार पौडेलले प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यांक स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको बताए । उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने आफूले प्रधानमन्त्रीको सम्बोधन पढ्न नभ्याएको बताए ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा बादलले रासससँग गरेको एक विशेष अन्तर्वार्तामा सुरक्षाकर्मीलाई पनि आवश्यक सामग्री पुर्‍याउन नसकेको स्वीकार गरेका छन् ।

‘निश्चय पनि केही हदसम्म अवस्था त्यस्तै हो । यस्तो प्रकारको सङ्कट आउँछ भन्ने हाम्रो अनुमान थिएन । त्यसकारण हामीले सङ्कटसँग जुध्न हाम्रो आवश्यक तयारी पनि थिएन । त्यसकारण शुरुका दिनहरुमा त्यस्ता समस्या आएका हुन् । सुरक्षाकर्मीका अलावा स्वास्थ्यकर्मीलाई सुरक्षाका सामग्री उपलब्ध गराउन नसकिएको अवस्था थियो,’ उनले भने, ‘पछिल्ला दिनमा आउँदा हामीले व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराएका छौँँ । आगामी दिनमा ती सामग्री जुगाड गर्ने प्रक्रियामा लागेका छौँँ । अब सबैले अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइन्छ । कोही कसैलाई पनि जोखिममा पर्न दिइँदैन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय