scheduleआइतवार जेष्ठ ११ गते, २०७७

कोरोना नियन्त्रण कोषमा सङ्घीय संसद् सचिवालयले जम्मा गर्‍यो १ करोड

काठमाडाैं, २५ चैत । सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान  ६७ हजार ३२० जम्मा गरेका छन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले  ७० हजार ७३० जम्मा गरेकी छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । सङ्घीय समाजवादी फोरमका सांसद प्रदीप यादवको  ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको  ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

Dish_Home

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको  २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको  ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषमा हालसम्म  एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय