scheduleसोमवार जेष्ठ १२ गते, २०७७

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक, यस्तो छ कुर्सी व्यवस्थापन

काठमाडौं, २५ चैत । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा सबै सचिवालय सदस्यहरु उपस्थित छन् ।

‘भाैतिक उपस्थितिसहितकाे सामाजिक दुरीका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक बालुवाटारमा शुरूभएकाे छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Dish_Home

बैठकमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका तर्फबाट काेभिड- १९ अथवा काेराेना भाइरसकाे विश्वव्यापी संक्रमण, राेकथाम र उपचारकाे क्रममा चालिएका कदम र उपलब्धिहरूकाे बारेमा बैठकलाई जानकारी गराएको थापाले जानकारी दिए ।

कोभिड-१९ को महामारी नियन्त्रणमा सरकारी भूमिका तथा स्वास्थ्य सामग्री खरिद प्रकरणबारे व्यापकरुपमा प्रश्न उठेपछि अध्यक्षद्वयका लागि बैठक बोलाउने दबाव बढेको थियो ।

नेकपा अध्यक्ष प्रचण्डलाई कार्यकारी अधिकार प्रदान गरिएको बताइएपछि यसअघि बैठकमा अध्यक्ष ओली र प्रचण्ड समानान्तररुपमा बस्दै आएका थिए । बैठकको अध्यक्षता दुवै अध्यक्षले गर्ने भएपछि समानान्तर रुपमा कुर्सीको व्यवस्थापन गरिँदै आएको थियो ।

तर, मंगलबारको बैठकमा प्रधानमन्त्री एक्लै बसेका छन् भने प्रचण्ड लगायतका अन्य नेताहरु छुट्टै बसेका देखिन्छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय