scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

घरमा काम गर्दा ल्यापटप तात्यो, यसो गर्नुहोस्


काठमाडौं, २५ चैत । विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिइरहेको छ । करोडौं मानिसहरु लकडाउनका कारण घरभित्र थुनिएका छन् । त्यसैले घरमै बसेर कार्यालयको काम गर्ने नयाँ संस्कार प्रवर्द्धन भइरहेको छ ।

लामो समयससम्म घरमा काम गर्दा ल्यापटप तात्ने समस्या हुनसक्छ । यसले कार्यक्षमतामा पनि गिरावट आउँछ । तर तपाईंले केही कुराहरुमा ध्यान दिनुभयो भने यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ ।

– कहिले पनि विद्युतीय उपकरण पुछ्नका लागि भिजेको कपडा प्रयोग नगर्नुहोस् । यदि ल्यापटपको सिपियू फ्यानले काम गरिरहेको छैन भने उक्त उपकरणलाई लामो समयसम्म प्रयोग गर्नुहुँदैन । यदि तपाईंले यस्तो अवस्थामा लामो समयसम्म काम गर्नुभयो भने यसबाट उपकरण अत्यधिक तात्न सक्छ ।

Dish_Home

– यदि ल्यापटक पुरानो भयो भने पनि त्यसलाई लामो समयसम्म चलाउँदा तात्न सक्छ । यस्तो अवस्थामा अतिरिक्त कुलिङ किटको प्रयोग गर्नु राम्रो हुन्छ । तपाईंको ल्यापटपको बनावटअनुसारको कुलिङ किट किन्नुपर्छ । कुलिङ किट प्रयोग गर्दा पनि ब्याट्री तातिरह्यो भने तपाईंले ल्यापटपको ब्याट्री नै फेर्नुपर्ने हुन्छ । ल्यापटपमा पटकपटक चार्जर जोड्दा पनि तात्ने समस्या हुनसक्छ ।

– धेरैजसो ल्यापटप कुलिङका लागि तलबाट हावा लिन्छ । यस्तो अवस्थामा ल्यापटक तकिया वा कमपडामा राख्दा पनि ल्यापटपमा भेन्टिलेसन हुन पाउँदैन । तसर्थ, ल्यापटपलाई कुनै सम्म सतहमा राख्नुपर्छ । यसबाट पनि अत्यधिक तात्ने समस्या समाधान गर्न सकिन्छ । यदि ल्यापटपलाई लामो समयसम्म चलाउनुछ भने ल्यापटप मुनि कुनै पुस्तक वा सामग्री राखेर चलाउँदा तलबाट भेन्टिलेसन हुन पाउँछ र ल्यापटप तात्न पाउँदैन ।

– ल्यापटपलाई समय समयमा सफलता गर्नुपनि अत्यावश्यक हुन्छ । धूलोका कारण हावा आवतजावत गर्न नसक्ने समस्याले पनि विद्युतीय उपकरण तात्न सक्छ । हरेक दुईदेखि तीन दिनको बीचमा ल्यापटप उपयुक्त ढंगले सफाई गर्नु उपयुक्त हुन्छ । यसबाट तपाईंको ल्यापटप तात्दैन र लामो समयसम्म पूर्ण क्षमताका साथ काम गर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय