scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भारतमा लकडाउन बढाउन ६ मुख्यमन्त्रीको माग


नयाँ दिल्ली, २५ चैत । भारतका ६ प्रदेशका मुख्यमन्त्रीहरुले लकडाउनको अवधि बढाउन केन्द्र सरकारसँग माग गरेका छन् । भारतमा २१ दिनका लागि लगाइएको लकडाउन सकिँदैछ । यसलाई बढाउने बारेमा भारतमा बहस सुरु भएको छ ।

भारतीय सञ्चार माध्यमहरुले लकडाउन बढाउन ६ प्रदेशका मुख्यमन्त्रीहरु र विशेषज्ञहरुले मोदी सरकारलाई दबाव बढाइरहेका छन् । मोदी सरकारले पनि यसबारे परामर्श सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयले आधिकारिक निर्णय नआइसकेकोले यसबारे अनावश्यक अन्दाज नगर्न भनेको छ । उत्तर प्रदेश र मध्य प्रदेशले लकडाउन बढाउने संकेत गरेका छन् । तेलांगानाका मुख्यमन्त्री चन्द्रशेखर रावले पनि मोदी सरकारलाई ३ जुनसम्म लकडाउन बढाउन सुझाव दिएका छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि अर्थव्यवस्था भन्दा बढी अहिले नागरिकको जीवन महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्थव्यवस्था पछि सुधार्न सकिने भए पनि मरेका नागरिकलाई बचाउन नसकिने तर्क गरेका हुन् । यस्तै केरला, तेलांगाना, महाराष्ट्र, राजस्थान र दिल्लीका मुख्यमन्त्री पनि लकडाउन बढाउने पक्षमा देखिएका छन् ।

Dish_Home

भारतले यसअघि १४ अप्रिलसम्मका लागि लकडाउन घोषणा गरेको थियो । अब पूर्वघोषित लकडाउनको अवधि सकिन केवल ७ दिन बाँकी रहेको छ ।

यसअघि भारतका क्याबिनेट सचिव राजीव गौवाले सबैपक्षको सल्लाहअनुसार लकडाउन बढाउने बारेमा मोदी सरकारले विचार गरिरहेको ट्वीट गरेका थिए । तर, पछि उनले उक्त ट्वीट मेटेपछि मानिसहरुले प्रश्न उठाइरहेका छन् ।

उता प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्याबिनेट बैठकमा लकडाउनपछिको अवस्थामा के गर्ने भन्नेबारे योजना बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका थिए । उनले मन्त्रीहरुलाई लकडाउनलाई लक्षित गर्दै १० निर्णय र १० प्राथमिकता तोक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले लकडाउन बिस्तारै खुल्न सक्ने संकेत गरेपनि मूर्तरुपमा केही बोलेनन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय