scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सरकारलाई ज्योति समुहको १० थान ‘व्याक प्याक स्प्रे’ सहयाेग

काठमाडौं, २५ चैत । ज्योति समुहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान ‘व्याक प्याक स्प्रे’ सहयोग गरेको छ । विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको ‘व्याकप्याक स्प्रे’ १० थान उपलब्ध गराएको ज्योति समुहका निर्देशक सौरभ ज्योतिले बताए ।

स्याकर ट्रेडिङका अध्यक्ष समेत रहेका ज्योतिले व्याकप्याक भित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई संक्रमण शुन्य बनाउन सकिने बताए ।

उनले निजी क्षेत्र पनि सरकारसँगै छ भन्ने भावना सहित सहयोग गरेको बताए । ‘स्प्रे गन’ को सहायताले किटनाशक औषधि राखेर छर्कन समेत उपयोगी हुने उनले बताए । स्याकर ट्रेडिङले यसअघि कोरोना भाइरसको विषयमा सचेतना फैलाउन नेपाल मेडिकल एशाेसिएसनसँग मिलेर कोरोना हेल्पलाइन सेन्टरको सञ्चालन गरिरहेको छ ।

Dish_Home

यो सेन्टरबाट कुनैपनि व्यक्तिले आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन सकिने छ । यस्तै कुनैपनि बिरामीलाई डाक्टरसँग जोड्ने र हेल्पलाइन मार्फत उपचार र स्वास्थ्य सम्बन्धी सल्लाह लिन सकिने उनले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय