scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

नक्कली सेनिटाईजर बेच्ने आयुर्वेद फार्म सञ्चालक पक्राउ

भक्तपुर, २५ चैत । भक्तपुर नगरपालिका १० कमलबिनायकमा रहेको कार्याकल्प आर्युबेद फर्माका संचालक चाँगुनारायण नगरपालिका ३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

उपभोक्तालाई हातमा लगाउने नक्कली सेनिटाईजर बेचेको सूचनाको आधारमा औषधी ब्यवस्था बिभाग बबरमहलका बरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले फर्मामा छापा मारी संचालक ओझालाइए पक्राउ गरिएको हो ।

Dish_Home

छापामारी खानतलासी गर्दा टोली सहित नक्कली सेनिटाईजर बिक्री गरेको पाईएपछि पक्राऊ गरिएको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय