scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिए

पर्सा, २५ चैत । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएका छन् । पर्साको विभिन्न नाकाबाट चैत २४ गते मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताएका छन्

एकीकृत भन्सार जाँच चौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौ वटा गाडी भित्रिएका सचिव घिमिरेको भनाई छ ।

Dish_Home

त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठ वटा खाली मालबाहक गाडी गएको छ ।

लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पुर्‍याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ ।

भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय