scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘साउदी अरबमा केही हप्ताभित्र दुई लाख व्यक्तिमा कोरोना स‌ंक्रमण हुनसक्ने’

एजेन्सी, २५ चैत । साउदी अरबका स्वास्थ्यमन्त्रीले अबको केही सातामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्नसक्ने भन्दै बताएका छन् । उनले सबै नागरिकलाई सचेतता अपनाउन निर्देशन दिएका त्यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी प्रेस एजेन्सीले स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी कोरोना सङ्क्रमणका विरामीको सङ्ख्या बढ्नेबारे जानकारी दिँदै नागरिकलाई आफ्नो किसिमले सुरक्षा अपनाउन निर्देशन दिएका छन् ।

Dish_Home

स्वास्थ्यमन्त्री तफिक अल रवियाले भने,- ‘अध्ययनहरूले आगामी केही हप्तामा साउदी अरबमा सङ्क्रमण दर बढ्नसक्ने बताएका छन् । यो सङ्ख्या कम्तीमा एकलाख देखि बढीमा दुई लााखसम्म हुने अनुमान गरिएको छ ।’

विश्वभर कोरोना भाइरसका कारण मङ्गलबार साँझसम्म ७६ हजार ३७० व्यक्तिको मृत्यु भएको छ भने साउदी अरबमा २२१ व्यक्तिको मृत्यु भएको छ । खाडी मुलुक साउदी अरबमा सङ्क्रमितको सङ्ख्या दुई हजार ७९५ पुगेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय