scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

प्रहरीलाई छक्याएर भागेका युवा पक्राउ, पुनः क्वारेन्टाईनमा राखियो

इलाम, २५ चैत । इलामको क्वारेन्टीनबाट प्रहरीलाई छक्याएर भागेका २२ वर्षका सरोज अधिकारी पक्राउ परेका छन् । सोमबार राती क्वारेन्टीन वार्डको झ्यालबाट भागेका अधिकारीलाई इलाम नगरपालिका–९ सिंहबाहिनी मन्दिरमा भेटिएको हो ।

मन्दिरको बाटो हुदैँ गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका युवालाई पुनः क्वारेन्टीनमा लगेर राखिएको इलामका प्रहरी उपरीक्षक हीरा बहादुर पाण्डेको भनाई छ ।

गएको आइतबार अधिकारीलाई इलाम नगरपालिका–६ सिंगफ्रिङ्ग स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टीनमा राखिएको थियो । अधिकारी केही दिन अघि भारतको सिलिगुडीबाट नेपाल आएका थिए ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय