scheduleसोमवार जेष्ठ १२ गते, २०७७

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीको डेढ घण्टे ब्रिफिङः ओम्नीसँगको सम्झौताबारे थाहै थिएन

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हाँसिल भएका उपलब्धिबारे डेढ घण्टा ब्रिफिङ गरेका छन् । त्यसक्रममा उनले ओम्नी समूहसँग गरिएको सम्झौताबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक स्तरमा भएका सम्झौताको विषयमा आफ्नो जानकारीभन्दा बाहिरको कुरा भएको प्रधानमन्त्री ओलीले बताएका बैठकमा सहभाथि एक नेताले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हाँसिल भएका उपलब्धिबारे जानकारी गराएका थिए ।

Dish_Home

बैठकमा सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराएका थिए ।

बैठकमा सचिवालयका सबै सदस्यले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका विषगयमा आआफ्ना धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको बताएका थिए । उनीहरुले सरकारको कदमलाई अझ प्रभाकारी रूपमा अघि बढाउनुपर्ने पनि बताएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनीहरुले बैठकमा प्रस्तुत गरेका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिईएको थियो ।

प्राप्त सुझावलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पारेका नेकपाले जनाएको छ ।

 

बैठकपछिकाे प्रेस विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी(नेकपा ) केन्द्रीय सचवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएकाे छ ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे संयुक्त अध्यक्षतामा बसेकाे बैठककाे प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले काेभिड- १९ काे राेकथाम, नियन्त्रण रउपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूकाे बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयाे

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयाेजक ईश्वर पाेखरेलले यस काेराेना भाइरसकाे संक्रमणकाे समस्याले उत्पन्न स्थितिकाे सामना गर्न चालिएका कदम र गरिएका कामहरूकाे विस्तृत जानकारी गराउनुभयाे ।


बैठकमा सचिवालयका सबै सदस्यहरूले काेभिड-१९ नियन्त्रण, राेकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेकाे र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयाे । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जाेड दिनुभयाे ।

प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयाे ।

नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय