scheduleबुधवार जेष्ठ १४ गते, २०७७

यसकारण अत्यावश्यक छ कपल काउन्सलिङ


एजेन्सी, २६ चैत । विवाह एउटा आवश्यकता मात्र होइन इच्छा पनि हो । महिला होस् वा पुरुष विवाहलाई लिएर दुबैको मनमा सपना र केही अपेक्षाहरु हुन्छन् । दुबैले आफनो भावी जीवनसाथी असल गुणा, माया, जिम्मवारी बोधको भावना होस् भन्ने चाहन्छन् । तर विवाह पश्चात आपसी समझदारी बन्न नसक्दा यी सपनाहरु सपनामै सीमित हुन्छन् । र, वैवाहिक सम्बन्धले नराम्रो मोड लिन्छ ।

यस्ता समस्याहरुको समाधान गर्नलाई कपन काउन्सिलिङको एकदमै महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईले विवाह अघि आफू र आफ्नो सम्भावित जोडासँग कपल काउन्सिलिङ लिनु भयो भने निम्न फाइदाहरु पाउन सक्नुहुन्छ ।

१. समझदारीपूर्ण कदम
आजभोलि सम्बन्ध बिच्छेदका मामिलाहरु खुब बढिरहेका छन् । यसकारण सम्बन्ध सुरु गर्दै गर्दा समझदारीपूर्ण कदम उठाउन आवश्यक छ । समझदारी कदम उठाइयो भने यसले सम्बन्धको आयूलाई लामो बनाउँछ । यसकारण विवाह अघि कपल काउन्सलिङ लिइयो भने समझदारपूर्ण कदम उठाउन सहयोग मिल्छ ।

Dish_Home

२. तालमेल जरुरी छ
विवाह पछि आउने सबैभन्दा ठूलो समस्या भनेको श्रीमान् श्रीमती आ आफ्नो ठाउँमा सहि हुँदा पनि उनीहरुले एकअर्कोको विचारलाई बुझ्न नसक्दा सम्बन्धमा समस्या आउन सक्छ । यसरी दुईजना बीच तालमेल राम्रो बन्न नसक्दा खिचाँतानी सुरु हुन्छ र समस्या झन् बढेर जान्छ ।

३. वास्तविकतासँग साक्षात्कार
सम्बन्धमा मानिसहरु महत्वकांक्षी हुन्छन् र त्यसकै बारेमा मात्र सोचिरहन्छन् । यसले सम्बन्धमा समस्या ल्याउन सक्छ । यदि तपाई आफ्नो जीवनको वास्तविकतासँग साक्षात्कार गरेर सम्बन्ध अगाडी बढाउन चाहानुहुन्छ भने कपल काउन्सलिङको दुबैलाई आवश्यकता हुनेछ ।

४. सजिलोसँग कुरा राख्नुहोस्
विवाह अघि जोडीले काउन्सलिङ लियो भने उनीहरुले एकअर्कोसँग राम्ररी कुरा राखेर एक अर्कोलाई सजिलोसँग बुझ्नसक्छन् । यदि काउन्सलिङ पछि पनि दुबैजना बीच राम्रो कुरा भयो भने यसले दुबैको सम्बन्धलाई कालान्तरसम्म मजबूत राख्ने संकेत दिन्छ ।

५. सञ्चारको आवश्यकता
समबन्ध विच्छेदसँग जोडिएका धेरै मामिलामा अदालतले श्रीमान् श्रीमतीलाई काउन्सलिङ लिने सल्लाह दिन्छन् । विवाहपछि यस्तो स्थिति आउन नदिन विवाह अघि नै काउन्सलिङ लिँदा फाइदा हुन्छ । अधिकांस अवस्थामा श्रीमान् श्रीमतीबीच राम्रो सञ्चार बन्न नसक्दा असमझदारी उत्पन्न हुन्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय