scheduleसोमवार जेष्ठ १२ गते, २०७७

‘प्रिमियर लिगको उपाधि लिभरपुललाई दिदाँ हुन्छ’

काठमाडौँ, २६ चैत । बेल्जियमले झै प्रिमियर लिगको बाँकी सिजन स्थगित गर्नुपर्ने युडिनिजका स्पोर्टिङ डाइरेक्टर पिअरपाओलो मारियानोले प्रतिक्रिया दिएका छन् । उनले लिभरपुललाई च्याम्पियन घोषणा गर्दै उपाधि दिन समेत सुझाव दिएका छन् ।

कोरोना भाइरसको प्रकोप फैलिएपछि गएको महिनादेखि प्रिमियर लिगका खेलहरु स्थगित रहेका छन् । लिग लिडर लिभरपुल २५ अंकले अगाडि रहेको छ ।

Dish_Home

लिभरपुललाई प्रिमियर लिगको उपाधि दिदाँ सबैलाई मान्य हुने उनको भनाई रहेको छ । बेल्जियमको जुपिलर प्रो लिग क्यानसिल भएको छ भने उपाधि लिग लिडर क्लब ब्रुगीलाई दिइएको छ ।

इंग्ल्याण्डमा कोरोना भाइरसका कारण अवस्था निकै गम्भीर रहेको छ । यस अवस्थामा खेल क्यान्सिल गर्नुबाहेक अर्को विकल्प नरहेको उनको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणपछि फुटबलको आनन्द लिने वातावरण बनोस् भन्ने आफ्नो तर्क रहेको उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय