scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

अग्रवाल सात दिन हिरासत बस्ने, हिजो हिरासतमा के भयो ?

काठमाडौं, २६ चैत । कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

Dish_Home

चीनबाट आयातित थर्मल गन कालोबजारीको अभियोगमा मंगलबार पक्राउ परेपछि सुरुमा उनी हिरासत पस्ने नमानेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार-
– टेकुस्थित अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्त पुर्‍यायो ।
– शुरुमा सुलभ हिरासतभित्र छिर्नै मानेनन् ।
– हिरासत छिराउन प्रहरीले बल गर्नुपरेको जनाएकव छ ।
– हिरासतमा राखेलगत्तै उनी ‘मरेँ मरेँ, मलाई बचाउनुस् ‘ भनेर रुन थाले । यसअघि उनको जुत्ता,मोजा र बेल्ट खोल्दै प्रहरीले उनको व्यक्तिगत सामग्रीहरु ड्युटी अफिसरको जिम्मा लगाएको थियो ।
– सुलभ कराउन थालेपछि प्रहरी आत्तियो । स्वास्थ्य अवस्था जाँच्दा उनी सामान्य भेटिए ।
– उनले आफ्नो निजी चिकित्सककहाँ पुर्‍याइदिन भन्दै रुने काम बन्द गरेनन् ।
– यसबीच ‘पावर लगाउने’ खेल भइसकेको थियो । यद्यपि, प्रहरीले उनलाई अस्पताल लगेन । तर राति नै वीर अस्पताल लगिएर स्वास्थ्य परीक्षण गरियो ।
– रक्तचाप बढ्ने नै भयो । अरु सबै ठिक थियो । दुई सयको औषधि बोकेर उनलाई दरबारमार्ग नै ल्याइयो ।
– उनले यस्तो ठाउँमा निन्द्रा नलाग्ने भन्दै हल्ला गरे तर प्रहरीले चुप लाग्न भन्यो ।

यो पनि-
फ्ल्यास फ्राइट लजिस्टिक र शंकर ग्रुपबीचको ‘कालोबजारी कनेक्सन’ छताछुल्ल !

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय