scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

मोदीले भने – मेरो सम्मान गर्नु छ भने गरीब परिवारको जिम्मेवारी लिइदिनुस्

काठमाडौं, २६ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूप्रति सम्मान प्रकट गर्न कसैलाई मन लागेको छ भने कोरोना भाइरसको संकटभर गरीब परिवारप्रतिको जिम्मेवारी उठाउन आग्रह गरेका छन् । यो भन्दा ठूलो सम्मान आफ्नो लागि अरु केही नहुने पनि उनले बताएका छन् । आज सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीले यस्तो बताएका हुन् ।

उनले केही मान्छेहरुले मोदीको सम्मानका लागि ५ मिनेट उभिने भनेर कसैले खुराफाती हल्ला चलाएको पनि उनले उल्लेख गरेका छन् ।

Dish_Home

मोदीले ट्विट गर्दै भनेका छन् – ‘केही मानिसहरुले यस्तो हल्ला चलाइरहेका रहेछन् कि ५ मिनेट उभिएर मोदीको सम्मान गरौं । यसप्रति मेरो ध्यानाकर्षण भएको छ । पहिला त यो मोदीलाई विवादमा तान्ने कुनै खुराफात हो । हुन पनि सक्छ कि यो कसैको सदिच्छा हो । यदि त्यसो हो भने पनि मेरो आग्रह छ कि यदि साँच्चै तपाईंको मनमा मेरोप्रति यतिधेरै प्रेम छ भने र मोदीको सम्मान नै गर्ने हो भने एक गरीब परिवारप्रतिको जिम्मेवारी कम से कम त्यतिबेलासम्म उठाइदिनुहोस् जबसम्म कोरोना भाइरसको संकट अन्त्य हुँदैन । मेरो लागि यो भन्दा ठूलो सम्मान केही हुनै सक्दैन ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय