scheduleसोमवार जेष्ठ १२ गते, २०७७

७६ दिनपछि लकडाउन खुलेपछि यस्तो देखियो चीन, हेर्नुहोस् ८ तस्बिरहरु

यो तस्बिर वुहान एयरपोर्टको हो । जिलिन प्रान्तका मेडिकल स्टाफका सदस्य बुधबार आफ्नो घर फर्किनेबेला साथीहरुसँग अंकमाल गर्दै राइरहेको दृश्य ।

वुहान, २६ चैत । संसारमा कोरोना भाइरसको इपिसेन्टर रहेको चीनको वुहानमा बुधबार केही शर्तहरुका साथ ७६ दिनपछि लकडाउन खुल्यो । आजको नयाँ बिहानलाई शहरले नयाँ उत्साहका साथ स्वागत गर्‍यो ।

शहरका भवनहरु बत्तीले सजाइएका थिए । कतिपय महलहरुमा लकडाउन खुल्ने प्रतिक्षामा उल्टो गन्तीका संकेतहरु राखिएको थियो । हजारौं मानिसहरु घर बाहिर निस्किएका थिए । यात्रा प्रतिबन्ध हटेपछि हजारौं मानिसले शहर छाडेका पनि छन् । मानिसहरु सडकमा, हवाईजहाज र रेलबाट वुहानबाट बाहिर निस्किएका देखिन्थे ।

चीनको राष्ट्रिय रेल सेवाका अनुसार बुधबार ५५ हजार मानिसले वुहान शहर छाडेका छन् । शहरभित्र अहिले पनि कोरोना रोक्न कतिपय कडा प्रतिबन्धहरु कायममै छन् । सरकारी अधिकारीहरुले अत्यधिक जरुरी नपरी घरबाट बाहिर ननिस्कन भनिरहेका छन् । यद्यपि, कम्पनिहरुले आफ्ना कामदारहरुलाई बोलाइरहेको छ ।

Dish_Home

वुहानको हाइवे टोल स्टेशन

वुहारको हाइवे टोल स्टेशनमा लिइएको यो तस्बिर मंगलबार र बुधबारबीचको रातको हो । वुहानको लकडाउन हट्नासाथ हजारौंको संख्यामा मानिसहरु आफ्नो कार र सवारी साधनबाट शहरबाट बाहिर गइरहेका देखिए ।

वुहानको रेल्वे स्टेशन

लकडाउन हटेपछि ठूलो संख्यामा मानिस रेलवे स्टेशन पुगे । यसक्रममा यात्री कोरोनाबाट बच्नका लागि अझै पनि सावधानी अपनाइरहेका छन् । उनीहरुले पिपिईजस्ता देखिने सामग्रीको प्रयोग पनि गरेका देखिन्थे ।

वुहानको मेट्रो ट्रेन

वुहानमा बुधबारबाट रेल सेवा पनि सुरु भयो । यो तस्बिर पहिलो उच्च गतिको रेलको हो । जब रेल चल्यो तब स्टाफले मानिसलाई हात हल्लाएर अभिवादन गरे ।

इन्टरनेशनल एयरपोर्ट, वुहान

लकडाउन हटेपछि वुहानमा हवाई सेवा पनि सुरु भयो । बुधबार विहान चाइना इस्टर्न एयरलाइन्सको फ्लाइटले पहिलो उडान भर्‍यो । पाइलटले खुसी हुँदै मानिसरुलाई गुडबाई भनेका थिए ।

उद्योगमा काम

वुहानको डोंगफेङ्ग होन्डा फ्याक्ट्रीमा काम सुरु भयो । कम्पनिले आफ्ना कर्मचारीहरुलाई काममा फर्कन अपिल गरेको थियो ।

बजार पनि खुल्यो

लकडाउन हटेपछि बुधबार वुहानका केही स्थानमा बजार पनि खुल्यो । यो तस्बिर एक सैलुनको हो । यहाँका कर्मचारीले कपाल काट्नेक्रममा ह्याजमेन्ट सुट र फेस मास्क लगाएका देखिन्छन् ।

यो तस्बिर वुहानको माछा बजारको हो । बुधबार विहान मानिसहरु यहाँ किनमेल गर्न पुगे । यो बजार २८ मार्चपछि आंशिकरुपमा खुलेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय