scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

जहाजमा रहेका ६० प्रतिशत मानिसमा कोरोना संक्रमणको पुष्टि

एजेन्सी, २६ चैत ।  एन्टिार्टिकाको एउटा जहाजमा ६० प्रतिशत मानिसमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो जहाज २ सयभन्दा बढी मानिसलाई लिएर एन्टार्टिकाका लागि गएको थियो । तर, उरुग्वे नजिकैको समुद्रमा जहाजलाई रोकिएको छ ।

द ग्रेग मोरटाइमर नामक जहाजमा १५ मार्चमा एन्टार्टिका र साउथ जर्जियाको यात्राका लागि निस्केको थियो । चालक दलसहित २ सय १७ जना सवार यस जहाजका १ सय २८ जनामा कोरोना पुष्टि भएको बताइएको छ भने ८९ जनामा कोरोना नभएको पुष्टि भएको छ ।

Dish_Home

कोरोना भेटिएकामध्ये गम्भीर ६ जनालाई जहाजबाट उतारिएको छ र उनीहरुको उपचार उरुग्वेको मोन्टेभीडियोमा भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य बताइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय